दमक : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबिच भएको तिन बुँदे सहमतिको उल्लंघन गर्दै नेकपाका प्रभावशाली नेता सुमनसिंह पौडेलको नाममा पक्राउ पुर्जी जारी गरेको छ ।

फागुन २० गते भएको गर्दै तिन बुँदे सहमतिको उल्लंघन गरी जिल्ला अदालत मोरङ र इलामले एकैपटक दुई फरकफरक मुद्दामा नेकपाका प्रभावशाली नेता एवम् मेची कोसी ब्युरो कार्यालयका सचिव पौडेलको घरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ।

तिन बुँदे सहमति अनुरूप यतिबेला विप्लव नेकपाले आफ्ना गतिविधि सञ्चालन गरि रहे पनि सरकारले भने सहमति विपरीत नै पटक पटक कदम चालिरहेको छ ।

यस अघि प्रतिबन्ध फुकाइए पनि ताप्लेजुङबाट नेकपाका जिल्ला नेता सक्कललाई प्रहरीले गिरफ्तार समेत गरेको थियोे भने अझै पनि सयौं नेता कार्यकर्ता कारागारमै रहेका छन्।