इटहरी : इटहरी उपमहानगरले बजार अनुगमन गरेको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मञ्च र प्रहरीको सहभागितामा बजार अनुगमन गरिएको हो ।

आज खाद्य सामाग्री बेचबिखन गर्ने ९ वटा पसलको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोबेल किशोर भट्टराईले जानकारी दिए । उनका अनुसार एउटा पसलमा तीन वटा जाम म्याद गुज्रिएको पाइएकोले जफत गरी नष्ट गरिएको छ ।

व्यवसाय अनुमति पत्र नलिई सञ्चालित एक पसललाई तीन दिन भित्र अनुमति लिन निर्देशन दिइएको छ । काजु,किसमिस,बदाम विना लेबल वेचखिन गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट इजाजत लिएर लेबल राखेर मात्र बेचबिखन गर्न निर्देशन दिइएको छ । इटहरीमा बजार अनुगमनलाई निरन्तरता दिइने उपमेयर गौतमले बताइन् ।