धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धनुषाका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धनुषाका ६० वर्षीय परुषको उपचारको क्रममा हिजो दिउसो ३ बजेर १८ मिनेटमा मृत्यु भएको हो ।

उनलाई वैशाख १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।