धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा गए राति एक जना सप्तरीका कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार सप्तरीका २४ वर्षीय पुरुषको उपचारको क्रममा गए राति १२ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

दिर्घरोगी रहेका उनलाई वैशाख ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका लागि वैशाख १३ गते प्रतिष्ठानमा भर्ना भएको थिए ।

मृतकको शव नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।