धरान  : जिल्ला प्रहरी कार्यालय उदयपुरले मास्क नलगाई हिड्नेहरुलाई जरिवाना वापत नगद १ सय रुपैयाँ लिदैँ आएको छ ।

हाल विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को द्रोस्रो लहर रोकथाम तथा नियन्त्रणको “तपाईको माक्स खै?“ भन्ने लागि चेतना मूलक कार्यक्रम संचालन गरी माक्स नलगाई हिड्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने २६ जनालाई जरिवाना गरेको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।

उदउपुर प्रहरी टोलीले गाईघाट बजारमा माक्स नलगाई हिड्ने २६ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम २६ सय जरिवाना गरेको हो ।

जरिवानाबाट उठेको रकम जिल्ला प्रशासन कार्यालय उदयपुरलाई बुझाउने दाहालले बताएका छन्। माक्स नलगाई हिड्नेलाई जरिवाना लिने कार्यलाई निरन्तरता दिने दाहालको भनाई छ ।