धरान : जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका-६ भगेरी बस्ने ४४ वर्षीय गोपाल परियार रहेको भोजपुरका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।

मंगलबार राति आफ्नै घरमा गाई काटेको खबर आए पछि प्रहरीले गोपाललाई पक्राउ गरेको थियो ।

पक्राउ परेका गोपालले प्रहीलाई गाई बिरामी भएर मरेको गाईलाई काटेको बताएका छन् भने काटेको गाईको मासु आफूले नखाने तर, सुँगरलाई खुवाउन काँटेको बताएका छन्।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी चन्दले जानकारी दिए