विराटनगर : प्रदेश १ मा आज २७० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र सङ्खुवासभामा १-१ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचामा १०, बेलबारी र कटहरीमा ४-४, उर्लाबारी र धनपालनथानमा ३-३, जहदामा २, केराबारीमा १ र स्थानीय तह नखुलेका २, झापाको बिर्तामोडमा १७, मेचीनगरमा १०, दमकमा ८, भद्रपुरमा ५, गौरीगञ्जमा ४, शिवसताक्षी र अर्जुनधारामा २-२, हाल्दिबारी, कनकाई र बाह्रदशीमा १-१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा २३, इटहरीमा १२, इनरुवामा ८, रामधुनी र बराहक्षेत्रमा ३-३, गढी, कोशी, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा ३, फाकफोकथुममा २, देउमाई र सूर्योदयमा १-१, ताप्लेजुङको फुङलिङमा ३, मिक्वाखोलामा २, धनकुटामा २, उदयपुरको त्रियुगामा १, सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ३६० पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार १५ सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ८५५ पुगेको छ । प्रदेश १ मा आज ७ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १२५ महिला र १७० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।