इटहरी : इटहरी उपमहानगरले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मञ्च र प्रहरीको सहभागितामा आज आँपगाछी र तरहरा बजारमा अनुगमन गरिएको छ ।

आपगाँछीका २ र तरहराका ७ गरी ९ वटा पसल अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रिएका समान फेला परेकाले बरामद गरी नष्ट गरिएको छ ।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोबेल किशोर भट्टराईका अनुसार कोकाकोला,स्प्रिाइट,रियल जुस,हुलास वेसन लगायतका समान म्याद गुज्रिएको पाइएकाले बरामद गरी नष्ट गरिएको हो । इटहरीमा निरन्तर बजार अनुगमन गरिने उपमेयर गौतमले बताइन ।