धरान : अफ रोड र पिच सडक दुवै रहेको नेपाली बाटो सुहाउँदो मोटरहेड ब्राण्डका मोटरसाइकलहरू पूर्वी नेपालका मोटरसाइकलका पारखीहरूको रोजाइमा पर्न थालेको छ ।

नेपाल एडभेञ्चर वाइकका पारखीहरूको सङ्ख्या बढेसँगै मोटरहेड मोटरसाइकलका विक्रीका लागि पनि डिलर खुल्ने क्रम समेत बढेको छ ।

मोटरसाइकल तथा स्पेयर्स पार्टस समेत सहज रूपमा उपलब्ध गराउँदै ग्राहकहरूको मन जित्न मोटरहेडले विक्री कक्ष ,स्पेयर्स पार्टस र मर्मत समेतको सेवा प्रदान गर्ने डिलरहरू स्थापनालाई पनि निरन्तरता दिँदै आएको छ ।

यस क्रममा मोटरहेडले प्रदेश नम्बर १ को व्यापारिक केन्द्र धरानमा डिलर राख्ने भएको छ । पूर्वमा मोटरहेडका उपभोक्ताहरूको सङ्ख्या दिनप्रतिदिन बढी रहेको तर्फ मध्यनजर गर्दै धरानमा समेत डिलर राख्न लागेको कम्पनीले जनाएको छ ।

धरानमा डिलर स्थापनाका लागि व्यावसायिक कम्पनी तथा इच्छुक फर्महरूसँगै आह्वान गरेको छ । यस अघि मोटरहेडले इटहरी सहित पूर्वका विभिन्न ठाउँहरूमा शाखा विस्तार गरिसकेको छ ।

मोटरहेडका डट बाइकदेखि स्क्र्याम्ब्लर तथा क्रस ओभर गरी तीन सेगमेन्टमा सात वटा मोडलका बाइकहरू नेपाली बजारमा उपलब्ध रहेका छन् ।

नेपाली बजारमा टेक्कन २५०, एमएच २००, स्क्र्याम्ब्लर २५० र स्पोर्टस २५० बाइक रोड र अफरोड भर्सनमा उपलब्ध छन् । मोटरहेडका २ लाख ८८ हजार रुपैयाँ देखि ४ लाख ५० हजार सम्मका बाइकहरू बजारमा बिक्री गर्दै आएको छ ।

आफ्ना ग्राहकहरूलाई सहज बनाउन फाइनान्स सहित विभिन्न अफर तथा छुटको व्यवस्था पनि कम्पनीले गरेको छ ।