झापा : नेपाल कम्युनिस्ट पार्टी माओवादीको भातृ सङ्गठन योङ्ग कम्युनिस्ट लिग-वाईसिएल नेपाल दमक नगर कमिटीले आज झापाको दमकमा कोभिड सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बिश्वमानै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाममा सहयोग पुर्‍याउन उद्देश्यले कार्यक्रम गरिएको पाटीका प्रदेश कमिटी सदस्य रेवतराज पुरी गगनले जानकारी दिए ।

सचेतना मूलक कार्यक्रम अन्तर्गत आज बिहान दमकस्थित बसपार्कमा सार्वजनिक यातायात तथा निजी सवारीमा यात्रा गर्ने यात्रु तथा पैदल यात्रामा निस्किएका सर्वसाधारणहरूलाई मास्क तथा सेनिटाईजर वितरण गरिएको योङ्ग कम्युनिस्ट लिग वाईसिएल दमक नगर कमिटीका इन्चार्ज सुरेश काफ्लेले जानकारी दिए ।

यसै गरी कोरोना भाइरस र यसले मानवीय स्वास्थ्यमा पार्ने असरका बारेमा पनि जानकारी गराएको थियो ।