धरान : मोरङको लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटार का ५१ वर्षीय सहवीर मगर रहेका छन् । बिहीबार बेलुका साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडिको चक्काले किचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

बस र चालक पथरीशनिस्चरे ४ का ३३ वर्षीय गङ्गा प्रसाद लुइँटेल प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।