विराटनगर : प्रदेश १ मा आज २९१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, तेह्रथुम र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२०, लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३-३, रंगेली र बुढीगंगामा २-२, मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १-१, सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जू र देवानगञ्जमा ३-३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १-१, झापाको बिर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, अर्जुनधारामा ६, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४-४ गौरीगञ्ज र हल्दिबारीमा ३-३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २-२, बुद्धशान्ति, बाह्रदशी र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेको १, इलामको चुलाचुली, माई र सूर्योदयमा १-१, उदयपुरको उदयपुरगढीमा २, तेह्रथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६५१ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार १८ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १४१ पुगेको छ ।

प्रदेश १ मा आज ८७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०६ महिला र १८५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।