धरान : मुलुकका २२ जिल्लामा कोरोनाभाइरस सङ्क्रमण डरलाग्दो गरी फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले शुक्रवार सकेसम्म ती ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कुनै पनि मार्गबाट देश विदेश जाने आउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरू पूर्णरुपमा नगर्न र नगराउन आग्रह गरिएको हो ।

सार्वजनिक स्थानमा जाने, भिडभाड हुने कामहरू समेत नगर्न र नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको स्थितिमा संवेदनशील बन्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरलाई मुलुकका अति प्रभावित जिल्लाको रूपमा समेत राखेको छ ।

public-Notice-new