धरान : धरान उपमहानगरपालिकामा पछिल्लो समय कोरोना संक्रमणदर अत्यन्तै बढ्दै गएको छ ।

धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदीका सोकिय सचिवलाई एन्टिजेन टेस्टमा कोरोना पोजेटिभ रिपोर्ट आए पछि उपमेयर मञ्जु भण्डारी सुबेदीको पनि एन्टिजेन टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

उपमेयरको सबै परिवारको परीक्षण गर्दा उपमेयरको मात्रै रिपोर्ट पोजेटिभ आएको हो भने परिवारको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यसै गरी धरान उपमहानगरपालिकाका मेयर तिलक राईको सचिवालयका एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आए पछि मेयर राईको पनि शुक्रवार साँझ सपरिवारको एन्टिजेन परीक्षण गर्दा मेयर राईको सहित उनको परिवार १० जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

एन्टिजेन परीक्षण भनेको शरीरमा कोभिड १९ को भाइरस भए नभएको सिधै पत्ता लगाउने परीक्षण विधि हो । यो निक्कै भरपर्दो मानिन्छ । पिसिआर परीक्षणकै हाराहारीमा यो विधि भरपर्दो रहेको छ । यो विधिमा आधा घण्टाभित्रै रिपोर्ट आउँछ ।

धरानमा कोरोना सङ्क्रमण बढ्यो
धरान उपमहानगरपालिकामा पछिल्लो समय कोरोना संक्रमणदर ह्वात्तै बढेको छ ।

गत वर्ष ज्येष्ठ ७ गते मात्रै धरानमा कोरोना सङ्क्रमित भेटिएको थियो । तर यस पटक यतिबेलानै धरानमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ९० भन्दा बढी पुगेको छ ।

सर्वसाधारण अटेरी हुनु र स्थानीय सरकारको कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका नहुनुले धरानमा कोरोना सङ्क्रमण दर बढेको बताइएको छ ।

धरानमा कोरोना संक्रमणदरको चेन ब्रेक गर्नका लागि कम्तीमा पनि हप्ता दिन सम्म पुर्णरुपमा लकडाउन हुनुपर्ने स्वास्थ्य विज्ञहरूको धारणा छ । यदि यसो हुन सकेन भने धरानमा आउँदो दिनमा कोरोना सङ्क्रमणले भयावह रूप लिन सक्ने छ ।

Bazar-ko-Bhid
भानुचौक पश्चिमको तरकारी बजारको भिडभाड