धरान : धरान प्रहरीले निषेधाज्ञाको पहिलो दिन बिजोर नम्बरका ९० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

Niyantran-2

जिल्ला प्रहरी कार्यालय सुनसरीले कोरोना संक्रमणदर बढेको भन्दै गए राति १२ बजे देखि निषेधाज्ञा जारी गरेपछि आज पहिलो दिन जोर गते परेकोले जोर मात्रै सवारी साधन चलाउन पाइने अनुसार आज जोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने छ ।

Niyantran-1

सोही अनुसार आज जोर नम्बरका मात्रै सवारी चलाउन पाइने भएकोले भानुचौकमा ९० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

Niyantran

धरानका बजार पसलहरू बिहान ११ बजे सम्म आंसिकरुपमा खुलेको भए पनि दिउसो भने औषधी पसल बाहेक अरू पसल बन्द रहेका छन् । धरानमा निषेधाज्ञालाई कडाइका साथ लागु गर्ने प्रहरीले बताएको छ ।

Niyantran-4 Niyantran-7 Niyantran-5