विराटनगर : प्रदेश १ मा आज २६६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, सङ्खुवासभा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा ३, पथरीशनिश्चरे र जहदामा २-२, बेलबारी , सुन्दरहरैचा र स्थानीय तह नखुलेका १-१, झापाको भद्रपुरमा २४, बिर्तामोडमा ११, अर्जुनधारामा ८, मेचीनगर र कनकाईमा ७-७, गौरादहमा ४, बुद्धशान्तिमा ३, हल्दिबारीमा २ र शिवसताक्षी, गौरीगञ्ज, कचनकवल र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा ३५, इटहरीमा २१, बराहक्षेत्र र इनरुवामा ४-४, रामधुनीमा २, बर्जु र देवानगञ्जमा १-१, इलामको रोङमा ६, उदयपुरको चौदण्डीगढीमा २, बेलका, त्रियुगा र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा ४, सङ्खुवासभाको खाँदवारिमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ९१७ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार ४० जना सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ३८२ पुगेको छ। प्रदेश १ मा आज ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १२२ महिला र १४४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।