धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा ताप्लेजुङका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार ताप्लेजुङका ५९ वर्षीय एक जना पुरुषको उपचारको क्रममा हिजो दिउसो साढे २ बजे मृत्यु भएको हो ।

पहिले देखिनै बिरामी रहेका उनलाई वैशाख १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई वैशाख १४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।