धरान : उदयपुरको बेलका नगपालिका-५ को पोखरे टोल बस्ने आशमाया राईको घरमा चट्याङ लागी आगलागी भएको छ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिल प्रहरीका अनुसार चट्याङ लागी शनिवार ५ बजे आगलागी भएको हो ।

आगलागी भएको र घर भित्र रहेको नगद एक लाख ,चाँदी ९ तोला,सुन २ तोला,अन्नपात खसी बाख्रा ९ वटा,कुखुरा २५ बटा जली नष्ट हुँदा नौ लाख बराबरको क्षति भएको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।

आशमायाकी वर्ष की नातिनी निर्मिता राईको र ८ महिनाको प्रतीक्षा राईको टाउको तथा शरीरको विभिन्न भागमा जलेको दाहालले बताए ।

५ बजे लागेको आगो प्रहरीले ७ बजे स्थानीय र दमकलको सहायतामा नियन्त्रणमा लिएको थियो ।