धरान : झापाको मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी स्थित एउटा फ्याक्ट्रीमा आगलागी भएको छ ।

आदित्य पराजुलीले सञ्चालन गरेको बायोमास ब्रिकेट कोइला फ्याक्ट्रीमा सोमबार बिहान ३ बजेदेखि सुरु भएको झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

आगलागी अहिले सम्म पनि नियन्त्रणमा आई नसकेको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर लागेको आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक र उर्लाबारीको ७ वटा दमकलसहित स्थानीयवासी, सशस्त्र र नेपाल प्रहरी खटिरहेको भए पनि नियन्त्रणमा नआएको थापाले बताए।

आगलागीबाट मानवीय क्षति नभए पनि फ्याक्ट्रीभित्र कोइला उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ, तयारी कोइला र केही सवारी साधनसमेत रहेकाले ती कति नष्ट भए भन्ने यकिन विवरण आई नसकेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको छ।

तस्बिरहरु : नेपाल प्रहरी

 

aagalagi-jhapa-3 jhapa-aagalgi-7 factory-aaglagi-2 jhapa-aagalagi-5 jhapa-aaglagi-6