झापा : कोरोना सङ्क्रमणका कारण झापाको दमकका एक वृद्धको मृत्यु भएको छ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नगरपालिका २ की ६५ वर्षीय एक वृद्धको आज बिहान मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन भएको थियो । दमकमा आज बिहानसम्ममा नयाँ भेरियन्टका ७० सङ्क्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।