चतरा: नेपाल तरुण दल क्षेत्र नं ४ कार्य समितिले वराहक्षेत्र-१० को प्रकाशपुर बजारमा कोरोनाको जोखिम कम गर्न मास्क वितरण गरेको छ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भइसकेको र सुनसरीमा सङ्क्रमण दर प्रतिदिन बढ्दै गइरहेको हुँदा कोरोना भाइरसको न्यूनीकरण र जनतामा जनचेतना बढाउन उद्देश्यले मास्क वितरण गरिएको तरुण दल क्षेत्र नं ४ सभापति अफ्जल हुसैनले बताए ।

नेपाल तरुण दल सुनसरीको कार्यक्रम अनुसार नेपाल तरुण दल क्षेत्र नं ४ समितिलेद्वारा कोरोना सङ्क्रमणलाई केही हदसम्म रोकथाम गर्ने उद्देश्य राखेर सचेतनाका कार्यक्रम र मास्क वितरण गरिएको हो।

प्रकाशपुरमा ४ सय थान मास्क वितरण गरिएको नेपाली काँग्रेस वराहक्षेत्र १० का सह-सभापति तथा तरुण दल वराहक्षेत्र सह-सचिव तेजबहादुर गुरुङले बताए ।

सोमवार नै प्रहरी चौकी प्रकाशपुरलाई १ सय थान मास्क समेत गरिएको थियो ।