धरान: अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ सुनसरीले सुनसरीका सञ्चारकर्मीहरूलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ।

महासङ्घले सुनसरीमा रहेका सञ्चार गृहमै पुगेर स्यानिटाइजर र र मास्क वितरण गरेर प्रेस स्वतन्त्रता दिवस मनाएको महासङ्घका अध्यक्ष जनकऋषी राईले बताए ।

प्रत्येक वर्ष मे ३ मा मनाइने गरिएको अन्तर्राष्ट्रिय दिवस विगतका वर्षहरूमा रचनात्मक कार्य गरेर  मनाउने गरे पनि दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिन थालेपछि महासङ्घले सुरक्षित रहेर समाचार सम्प्रेषण गर्न आग्रह  गर्दे  सञ्चारकर्मीहरूलाई मास्क र स्यानिटाइजर वितरण गरेको हो।

महासङ्घ सुनसरीले सुनसरीको धरान, इटहरी, दुहबीमा मास्क तथा स्यानिटाइजर वितरण गरिएको अध्यक्ष राईले बताए ।  अध्यक्ष जनकऋषी राई, सहसचिव तीर्थ कार्की, भोला श्रेष्ठ, सदस्य शुक्रान्त राई लगायतको टोलीले धरानमा रहेका प्रत्येक सञ्चार गृहमै पुगेर स्यानिटाइजर र मास्क वितरण गरेका थिए।

सचिव ध्रुब ढकालको नेतृत्वमा इटहरीमा र कोषाध्यक्ष अजित झाको नेतृत्वमा इनरुवा लगायत सुनसरीका विभिन्न स्थानमा मास्क तथा स्यानिटाइजर वितरण गरिएको थियो। वितरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं.१ का सचिव देवेन्द्र कार्कीको समेत उपस्थिति रहेको थियो ।

सञ्चारकर्मीलाई वितरण गरिएको मास्क  र स्यानिटाइजर धरान वडा नं १८ का  वडाध्यक्ष प्रवीण राई, वडा नं १७ का  वडाध्यक्ष मनोज भट्टराई र व्यवसायी दीपक बनेपालीले उपलब्ध गराएको महासङ्घले जनाएको छ ।