धरान : धरान उपमहानगरपालिकामा सोमबार साँझ थप ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै धरानमा वैशाख यता मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ८२ पुगेको छ । आज थपिएकामा सबै भन्दा धेरै धरान १८ का बढी सङ्क्रमित छन् भने सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै स्वाब सङ्कलन गरी परीक्षण गरिएकाहरूको रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

यसै गरी प्रदेश १ मा सोमबार ६०७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, सङ्खुवासभामा ६, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ९४१ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार जना ७९ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ३५७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३३० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।