धरान : धरान-८ मा आज बिहान एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

केही दिन अघि कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकी ७८ वर्षीय महिलाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।

होम आइसोलेसनमै बसेकी उनलाई थप समस्या देखिएपछि बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

यो सँगै धरानमा पछिल्लो समय वैशाख यता कोरोना सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ भने जम्मा ७८ जनाको मृत्यु भएको छ ।