धरानः धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तकोशी १ सप्तरीका ५० वर्षीय पुरुष रहेको प्रतिष्ठान सह-प्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।कोरोना संक्रमित पुरुषको आज बिहान सवा ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनका अनुसार दीर्घरोगी रहेका उनलाई वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
मृतकको शव कानुनी प्रकृया अनुसार व्यवस्थापन गर्ने कार्य भइरहेको शव व्यवस्थापन समितिले जनाएको छ ।