धरान : सुनसरीमा भारतसँग सीमा जोडिएका मुख्य नाकाहरू बन्द भए पनि अन्य भित्री खेतको बाटो प्रयोग गरेर आवतजावत गर्ने क्रम सँगै समा नाकामा तस्करी बढेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । नेपालसँग सीमा जोडिएका भारतीय नाकाहरू पनि सिल गरी सिमाक्षेत्रमा अवातजावतलाई कडा गरिएको छ । तर, सीमा क्षेत्रमा भित्री बाटो हुँदै तस्करी भएको स्थानीहरूको भनाई छ ।

दिनभर निषेधाज्ञाको राम्रै प्रभाव परे पनि रात परे पछि भारत सँग जोडिएका सीमा नाका वसन्तपुर, भोक्राहा, साहेवगंज, लगायतका नाका आसपासमा चहलपहल बढ्ने गरेको छ ।

जब रातको ९ बज्छ त्यसपछि भारततर्फबाट नाका बन्द भए पनि खेतको बाटो प्रयोग गरेर भारतीय बजार बाट सुर्ती, बिडी, चिनी, रजनीगन्धा, प्याज, कपडा, सिमेन्ट , माछा लगायतका सामानहरू मोटरसाइकलमा तथा साइकलमा लोड गरेर नेपाल तर्फ भित्राउने क्रम करिब बिहानको ४ बजे सम्म चल्ने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन् ।

तस्करहरूले खेतको बाटो प्रयोग गरेर सामानहरू भित्राउने गरेको बुझिएको छ । एक स्थानीयले आफूले लोड अनलोड गरे बापत नेपाली ५ सय रुपैयाँ पाउने गरेको बताए ।

जिल्लाका मुख्य मुख्य नाकाहरूमा सुरक्षाकर्मी परिचालित भए पनि खेती क्षेत्र तर्फ सुरक्षाकर्मीको उपस्थिति भए पनि मानिसहरू पनि सोही बाटो प्रयोग गरेर भारत आउजाउ गर्ने र भारतीयहरू पनि नेपाल प्रवेश गर्ने गरेको बताए ।

यता नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरेर कडाइ गरे पनि खेतको बाटोमा तस्करी र भारतीय नागरिकको प्रवेश बढेपछि स्थानीयहरुले सीमामा थप कडाइ गर्न तथा भित्री बाटोमा पनि प्रहरी परिचालन गर्न माग गरेका छन् ।

यस विषयमा संवेदनशील भएर लागेको सुनसरी सशस्त्र प्रहरी बलका ४ नं गणपति माधव प्रसाद पौडेलले बताए । गणपति पौडेलले भने ‘नाकामा कडाइ गरे पछि तस्करहरूले प्रयोग गर्ने बाटो नै गल्ली र खेत हुन् ।

सम्भावित जोखिमलाई मध्यनजर गरी ६ सय बढी प्रहरी परिचालन गरेका छौ, त्यसैले आएका गुनासोहरूलाई सकरात्कम रूपमा लिएर भित्री बाटोमा हुने तस्करी कम पार्न आजैबाट सुरक्षा व्यवस्था थप प्रभावकारी र परिमाणमुखी बनाउँछौ । गणपति पौडेलले भने ।

Sima-1 Sima Sima-2