धरान : धरानमा दिन प्रतिदिन समुदायमा कोरोना सङ्क्रमण बढ्न थालेपछि धरान उपमहानगरपालिका आज आकस्मिक कार्यपालिका बैठक बसेको छ ।

धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको बसेको कार्यपालिका बैठकले उपमहानगरपालिकाबाट भोलि देखि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

बैठकबाट कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा रोकथामका लागि धरान उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा अन्तर्गत कोरोना व्यवस्थापन सेवा, सरसफाइ सेवा, वारुणयन्त्र सेवा र खानेपानी वितरण सेवा) बाहेकका अन्य सेवाहरू बुधवार देखी वैशाख ३१ गते, शुक्रवार सम्म सेवा प्रवाह नहुने निर्णय भएको छ ।

DRN-Suchana