झापा : बिर्तामोडका ३८ जना सहित झापामा १६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै झापामा सङ्क्रमितको सङ्ख्या ५४ सय २२ पुगेको छ।

आज झापाको दमक-१७, बिर्तामोड-३८, गौरादह-१२, मेचीनगर-१७, भद्रपुर-३७, कनकाई-११, हल्दिवारी , अर्जुनधारा ६-६,बुद्धशान्ति-३, गौरीगञ्ज-१, कमल-८, शिवसताक्षी-३, बाह्रदशी-२ र ठेगाना नखुलेको-१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

झापामा आइसोलेसनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ७४१ पुगेको छ । झापामा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।