विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जना कोरोना सङ्क्रमित थपिएका छन्।

मोरङमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, सङ्खुवासभा र धनकुटामा २-२ र प्रदेश १ बाहिरका २९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९० महिला र १०३ पुरुष सहित १९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ , जहदा, रङ्गेली र सुनबर्षीमा ३-३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १-१, झापाको भद्रपुरमा ३६, बिर्तामोडमा ३८, दमकमा १९, मेचीनगरमा १६, कनकाईमा १२, गौराहदमा ११, अर्जुनधारामा ८, कमल गाउँपालिकामा ७, हल्दिबारीमा ६, बुद्धशान्ति, गौरादह र शिवसताक्षीमा ३-३, बाह्रदशीमा २, गौरीगञ्ज र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा ४९, इटहरीमा ३७, इनरुवामा १८, बर्जु, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा ४-४, दुहवीमा ३, हरिनगरमा २, भोक्राहानरसिंह र स्थानीयतह नखुलेका १–१, उदयपुरको कटारीमा ६, उदयपुरगढीमा ४ र स्थानीय तह नखुलेका १, इलामको सुर्योदय, माईजोगमाई, माई र इलाम नगरपालिकामा १-१, ताप्लेजुङमा २, खोटाङको खोटेहाङ र साकेलामा १-१, संखुवासभाको खाँदबारीमा २, धनकुटामा २ र प्रदेश १ बाहिरका २९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ हजार ५५२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएको छ।

परीक्षण गरिएका मध्ये २५५ महिला र ३५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।