उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० वर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाइ ३६ वर्षीय खुसीलाल चौधरीको मृत्यु भएको छ ।

गत २० गते राती ८ बजेको समयमा सामान्य विषयलाई लिएर दाजु भाइ बिच वादविवाद भई कुटपिट हुँदा घाइते भएका खुसीलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागी विराटनगरको गोल्डेन अस्पताल पुर्‍याइएको र उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनामा संलग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।