धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा सिराहाका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार सिराहाको गोलबजार ६ निवासी २९ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा ११ः१५ मा मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरबाट रेफर भएर आएका उनमा वैशाख १२ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सोही दिन कोभिड अस्पताल भर्ना गरिएको थियो ।

मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।