धरान : सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले आफूले चढ्दै आएको गाडीलाई बिरामीका लागी एम्बुलेन्सको रूपमा प्रयोग गर्ने भएका छन्।

तीव्र गतिमा फैलिरहेको कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर गरी नगरवासीको सहजताकालागी नगर प्रमुखले प्रयोग गर्ने गरेको बा १ झ  ९१८८ नम्बरको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोगमा आउने भएको हो।

बराहक्षेत्र नगरपालिकामा कर्मचारीहरू सहित २० जनामा कोरोना सङ्क्रमित रहेको र ५२ बेडको आइसोलेसन सप्तकोसी बहुमुखी क्याप भवनमा तयारी  गरेको नगर प्रमुख खनालले बताए।

'महामारीको अवस्थामा हामी सरकारी गाडीमा चढेर हिँड्न नैतिक रूपमा सक्दैनौँ  त्यसैले जोखिमको मध्यनजर गरेर छिटो छरितो सेवा प्रदान गर्न  गाडी तयारी अवस्थामा राखेका हौ' मेयर खनालले भने । 

खनाल नेकपा एमालेबाट निर्वाचित मेयर हुन्।