धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा मोरङको मिक्लाजुङका थप एक जना कोरोना सङ्क्रमित वृद्धको पनि मृत्यु भएको छ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार मोरङको मिक्लाजुङ २ का ७५ वर्षीय पुरुषको उपचारको क्रममा आज दिउसो १ः०५ बजे मृत्यु भएको हो । दिर्घरोगी रहेका उनलाई आज मात्रै अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

यो सँगै बीपीको कोभिड अस्पतालमा आज एकै दिन ३ जनाको मृत्यु भएको छ । सिराहा गोलबजारका २९ वर्षीय पुरुष, धरान-३ का ५३ वर्षीय पुरुष र यो सँगै तीन जनाको मृत्यु भएको हो ।