विराटनगर : प्रदेश १ मा आज ७९१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, सङ्खुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, तेह्रथुममा ५, धनकुटा र पाँचथरमा २-२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३, बुढीगंगामा १३, सुन्दरहरैचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २-२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहबीमा ९-९, बराहक्षेत्रमा ६, इनरुवा र कोशी गाउँपालिकामा ५-५, गढीमा ३, बर्जू र रामधुनीमा २-२, हरिनगर र भोक्राहानरसिंहमा १-१, झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, बिर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२-१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४-४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा सङ्क्रमण देखिएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १-१ , सङ्खुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीय तह नखुलेका १-१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, तेह्रथुमको म्याङ्लुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १-१, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १-१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ९२० पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार ११३ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २७० पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।