धरान : नेपाली काँग्रेस सुनसरीले आफ्नो पार्टी कार्यालयको भवन कोरोना सङ्क्रमित बिरामीका लागि आइशोलेशनको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको छ। 

कोरोनाको दोस्रो लहरले आक्रान्त बनाइरहेका बेला नेपाली काँग्रेस सुनसरीले आफ्नो पार्टी कार्यालयमा आइसोलेसन निर्माणका लागि दिने निर्णय गरेको काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ का विपक्षी दलका नेता राजीव कोइरालाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन ।

उनले फेसबुकका लेखेका छन् 'दोस्रो चरणको कोरोनाले आक्रान्त बनिरहेको बेला नेपाली काँग्रेस सुनसरीले कार्यालय भवन आइसोलेसनका लागि प्रयोग गर्न दिने भइयो' जोखिमको मध्यनजर गरेर भवनमा आइसोलेसन निर्माणको लागि दिएको बताउँदै सभापति कोइरालाले भने 'आइसोलेसन नपाएका कारण मानिसको ज्यान जोखिममा नपरोस् भन्ने हाम्रो  मुख्य उद्देश्य हो। जोखिमलाई मध्यनजर गरेर हामी अन्य कामहरू पनि गर्छौ ।' 

कोरोना महामारीको विकराल रूप नहट्दासम्म वैकल्पिक व्यवस्था गरी जनताको सेवामा सङ्क्रमितलाई सजिलै कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारका प्रयास शून्य रहेको र आर्थिक रूपले प्रदेश सरकार गम्भीर सङ्कटमा फसेको आरोप लगाउँदै कोरोना नियन्त्रण तथा रोकथामका लागि ठोस कदम चाल्न नेता कोइरालाले प्रदेश सरकारलाई पटक पटक आग्रह समेत गर्दै  आएका थिए।

नेपाली काँग्रेस इनरुवाका सभापति तथा इनरुवा नगर प्रमुख राजन मेहताले आफूले प्रयोग गर्ने गाडी  कोरोना सङ्क्रमित बिरामीहरूका लागि एम्बुलेन्सको रूपमा कोरोना सङ्क्रमितको सेवा गर्न दिने भएका छन् ।