झापा : झापामा बुधवारदेखि पूर्ण निषेधाज्ञा लागु भएको छ। यो निर्णयसँगै कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने भनिएको छ।

पूर्ण निषेधाज्ञा पालना गराउन झापाका चोक चोकमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्यु सङ्ख्या बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले बुधवार मध्यरातबाट झापामा पूर्ण रूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको थियो।

सर्वसाधारण भने विभिन्न बहाना बनाउँदै सडकमा निस्किएपछि प्रहरीले उनीहरूलाई सम्झाई बुझाई फिर्ता पठाउने गरेको छ ।

यता सर्वसाधारणले भने आफूहरूलाई पूर्ण निषेधाज्ञा भनेको के हो भन्ने नै थाहा नभएको प्रतिक्रिया दिने गरेका छन्। प्रशासनले भने सर्वसाधारणलाई जनचेतना फैलाउन माइकिङ समेत गरिरहेको छ ।

jhapa-full-nised-1 jhapa-full-nised-2 Jhapa-full-nised-3 jhapa-full-nised-5 jhapa-full-nised-6