धरान : धरानमा बिहीबार साँझ ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज थपिएकामा ४७ जनाको एन्टिजेन टेस्ट गर्दा १८ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो भने बीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुनामा २७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । आज दुवै गरी धरानमा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको वैशाख यता मात्रै ४५१ जना कोरोना सङ्क्रमित थपिएका छन् भने यही अवधिमा ४ जनाको मृत्यु भएको छ ।