इटहरी : कोरोना महामारीको समयमा इटहरी अस्पतालको सेवा घरबाटै लिन सकिने भएको छ। इटहरी उपमहानगरपालिकाद्वारा सञ्चालित इटहरी अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको हो।

इटहरी उपमहानगरपालिका क्षेत्रका नागरिकका लागि  स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उद्देश्यले कोभिड-१९ रोगको महामारी अवधि भरी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टिमबाट  उपचार सेवा सुरु गरिएको इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले जानकारी दिए।

इटहरी अस्पतालको टेलिमेडिसिन सेवा लिन चाहनेले प्रत्येक दिन बिहान १० देखि २ बजे सम्ममा मोबाइल नं ९७४१७७७७०१ वा ०२५५८०१५० मा फोन गरेर स्वास्थ्य समस्या टिपाउनुपर्ने छ ।

हाल सम्मको ओपिडी पुर्जा, रिर्पोट तथा अस्पतालको अन्य कागजपत्रहरू सोही नंम्वरको  वाट्सएप वा इटहरी अस्पतालको फेसबुक पेजमा पठाउनुपर्ने जनाइएको छ ।

त्यसपछि, इटहरी अस्पतालको सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य समस्या अनुसार सल्लाह र परामर्श दिइने अस्पतालले जानकारी दिएको छ ।

telemedicine-itahari