झापा : झापाको गौरादहमा एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

गौरादह-४ खाङटाकी महिला सङ्क्रमितको दमकको एडभान्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई हिजो दमकको एडभान्स अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

उनका परिवारका ४ जनामा सङ्क्रमण देखिएको थियो ।