इटहरी : मोरङको विराटनगर महानगरपालिका-१६ बाट लागुऔषध सहित इटहरीका दुई युवा पक्राउ परेका छन्।

बिहीबार राती १० बजेको समयमा भारतीय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक इटहरी उप-महानगरपालिका-४ का २४ वर्षीय असीम बस्नेत र स्कुटरमा पछाडि सवार रहेका इटहरी उप-महानगरपालिका-५ का ३२ वर्षीय कुमार विश्वकर्मा लागुऔषध सहित पक्राउ परेका हुन्।

उनीहरूको साथबाट प्रहरीले लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाइट्रोजन ट्याब्लेट १० चक्की र सामुसङ कम्पनीको २ थान मोवायल बरामद गरेको छ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।