धरान : धरानमा लकडाउनको उल्लङ्घन गर्दै सवारी साधन चलाउनेलाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार धरानको विभिन्न ठाउँ भानुचौक, अमरहाट, जिरोप्वाईन्ट र रेल्वे लगायतमा लकडाउन उल्लङ्घन गर्दै सवारी सञ्चालन गरिएको पाइएपछि नियन्त्रणमा लिइएको हो ।

Lokdaun-Baishak-24-4

सर्वसाधारणले पनि लकडाउनको उल्लङ्घन गर्दै हिडन थाले पछि अव सर्वसाधारणलाई पनि नियन्त्रणमा लिई होल्ड गराउने प्रहरीले जनाएको छ ।

Lokdaun-Baishak-24-5

अव देखि लकडाउनको बेलामा विना अनुमति सवारी साधन चलाएको पाईए धरान प्रहरीले ३ दिन सम्म सवारी नियन्त्रणमा राख्ने बताएको छ ।

Lokdaun-Baishak-24-2 Lokdaun-Baishak-24-6