धरान : उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर १ जनाको ज्यान गएको छ । 

टिकटक बनाउने क्रममा धरान-५ का १८ वर्षीय सुभाष परियार भीरबाट लडेर मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।

उनका अनुसार धरानबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीरस्थित सडकमा बिग्रिएको थियो । सुमो बिग्रिए पछि गाडीबाट ओर्लिएर सुभाष टिकटक बनाउन भीरमा गएका थिए।

टिकटक बनाउने क्रममा लडेर घाइते भएका परियारलाई उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको  दाहालले बताए । 

घटनाबारे थप अनुसन्धान गर्ने प्रहरीको भनाई छ ।