चतरा : बराहक्षेत्र नगरपालिकावासी कालागि लक्षित गर्दै स्वर्गीय वीरमाया स्मृति फाउन्डेसनले निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा दिने भएको छ।

कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको र पछिल्लो समयमा बराहक्षेत्र नगरपालिकामा पनि सङ्क्रमणको दर वृद्धि भइरहेकाले बराहक्षेत्र नगरपालिका १ देखि ११ वडा भरी रहेमा न्यून आय भएका विपन्न, असहाय, अशक्तहरूलाई कोभिड तथा अन्य रोगी बिरामीहरूलाई कोभिड-१९ महामारीको अवधि भर निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा प्रदान गरिने वीरमाया स्मृति फउण्डेशनका अध्यक्ष मनोज योञ्जन तामाङले बताए ।

एम्बुलेन्स सेवा लिन चक्रघट्टिमा रहेको चक्रघटि जेसिस एम्बुलेन्स ९८६२३६०५५० र अन्य नगर भित्र रहेका एम्बुलेन्सबाट सेवा लिन सकिने फउण्डेशनले जानकारी दिएको छ। एम्बुलेन्स सेवा सँगै केही दिनमै सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सञ्चारकर्मी, स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सामाग्री र निषेधाज्ञाबाट दैनिक गुजार्न समस्या भएका मजदुर, विपन्न परिवार, अशक्त र असहायहरूलाई खाद्यान्न समेत वितरण गरिने अध्यक्ष तामाङले जानकारी दिए ।

बराहक्षेत्र नगरपालिका वडा नं १ बाट स्थापित स्वर्गीय वीरमाया स्मृति फाउण्डेसन अध्यक्ष तामाङले आफ्नी आमा 'वीरमाया'को नाममा स्थापना गरेको संस्था हो ।

जानकारी र सहयोगकालागि अध्यक्ष तामाङ ९८१७३४०२९४ र उपाध्यक्ष सुवास तामाङको ९८४२३७२२३३ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने फाउण्डेशनले जानकारी दिएको छ।