धरान : सुनसरीमा ११२ जना सहित प्रदेश १ मा आज ७२५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३५७, झापामा १४९, उदयपुरमा १५, धनकुटामा १४, सङ्खुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ४१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १३२ महिला र १४३ पुरुष सहित २७५, सुन्दरहरैचामा १५, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा ८-८, धनपालथान, पथरीशनिश्चरे र कटहरिमा ७-७, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान , सुनबर्षी र स्थानीय तह नखुलेका २-२, रङ्गेली, केराबारी, लेटाङ र कानेपोखरीमा १-१, झापाको बिर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा २०-२०, गौरादहमा ९, कमल गाउँपालिकामा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १, सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा ९, दुहबीमा ७, देवानगञ्जमा ३, बर्जूमा २, बराहक्षेत्र, रामधुनी र कोसी गाउँपालिकामा १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १३, बेलका र चौदण्डी गढीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा १३ र स्थानीय तह नखुलेका १, सङ्खुवासभाको खाँदवारिमा ११, चैनपुर र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा ६, सूर्योदयमा २ र चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ५ र पाथीभरा याङवरकमा २ , खोटाङको साकेलामा ६, भोजपुरको आमचोक र तेह्रथुमको आठराईमा १-१ र प्रदेश १ बाहिरका ४१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार ६४५ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार १६९ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ९३३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५९९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३१३ महिला र ४१२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।