धरान : धरान उपमहानगरपालिकामा आज बिहानै ५४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको वैशाख यता दोस्रो लहरमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ५०५ पुगेको छ ।

यही समयमा ५ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।