धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक जना कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार तेह्रथुमको साबिकको पञ्चकन्या-१ तेह्रथुमका २० वर्षीय युवतीको उपचारको क्रममा मृत्यु भएको छ । उनमा पहिले देखिनै अन्य दीर्घ रोग रहेको र वीपीमा १७ गते भर्ना भएका थिए ।

वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएर उपचाररत रहेकी उनको आज बिहान ५ बजे मृत्यु भएको हो ।

मृतकको ठेगाना साबिकको पञ्चकन्या १ तेह्रथुम उल्लेख गरिएको भए पनि हाल छथर गाउँपालिका वडानं.-३ को हुन सक्ने भन्दै सो स्थानमा सोधी खोजी गर्दा बिरामीको उल्लेख गरिएको ठेगाना अनुसार बिरामीको आफन्त पत्ता नलागेको छथर गाउँपालिकाले जनाएको छ ।