विराटनगर : प्रदेश १ मा आज ५७८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्बुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, सङ्खुवासभा र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१, झापाको बिर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २-२, कचनाकवल, झापा गाउँपालिका, बाह्रदशी र कमल गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, तर्जुमा ८, रामधुनीमा ३, दुहवीमा र कोशी गाउँपालिकामा २-२, देवानगञ्ज , बराहक्षेत्र र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि सोलुखुम्बुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १, इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १-१, सङ्खुवासभाको धर्मदेवी र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३७ हजार २२३ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार २२६ सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ४५० पुगेको छ । प्रदेश १ मा आज १ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २६३ महिला र ३१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।