धरान : धरान उपमहानगरपालिका वडा नं.-१७ रेल्वे चौककी एक जना कोरोना सङ्क्रमित बृद्धा महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

९३ वर्षीय बृद्धा महिलाको ८ दिन अघि फोक्सोको समस्याका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी थिइन् ।

उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र परिवारको सहमति अनुसार होम आइसोलेसनमा बस्दै आएकी उनको आज दिउसो मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

मृतकको शवलाई भोलि दिउसो आफ्नो परम्परा अनुसार परिवारले चतरामा दाहसंस्कार गर्ने बताइएको छ ।