धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत मोरङका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार मोरङको ग्रामथान-५ निवासी ५० वर्षीय पुरुषको उपचारको क्रममा गए राति १०ः१५ बजे मृत्यु भएको हो ।

वैशाख १५ गते प्रतिष्ठानमा भर्ना भएका उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।