धरान : धरान उपमहानगरपालिका वडानं.-१७ का एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

धरान-१७ चतरा मार्ग बस्ने ६६ वर्षीय पुरुषको उपचारको क्रममा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा गए राति मृत्यु भएको १७ नम्बर वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए ।

यो सँगै वडानं.-१७ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमणबाट वैशाख यता कोरोनाको दोस्रो लहरमा ८ जनाको मृत्यु भएको छ ।